ADS

Saturday, April 4

वृतिको परिचय दिदै वृति विकासका बिधिहरु बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् (Define career? Describe briefly about the methods of career development.) . . . . . . . . . . . . . . . . . . . . . (10)

वृतिको परिचय दिदै वृति विकासका बिधिहरु बारेमा छोटकरीमा उल्लेख गर्नुहोस्
(Define career? Describe briefly about the methods of career development.) . . . . . . . . . . . . . . . . . . . . . (10)
वृति के हो?
“A career is born in public, talent in privacy.”
- Marilyn Monroe
वृति भन्नाले व्यक्तिले आफ्नो जीवनभरको लागी अवलम्वन गर्ने पेशा हो । वृतिलाई कुनै पनि व्यक्तिले अवलम्वन गरेको पेशाको जीवनभरको क्रमिकता वा निरन्तरता समेत भनेर परिभाषित गर्न सकिन्छ । वृति व्यक्तिले आफ्नो जीवनकालमा सम्पादन गरेको कार्यहरु, प्राप्त गरेका पदहरु, हांसिल गरेका उपलव्धिहरु तथा सम्पन्न गरेका जिम्मेवारीहरुको समष्टिगत रुप हो । वृतिको रुपमा अवलम्वन भएको पेशाबाट व्यक्तिले जीवन निर्बाह गर्ने, ज्ञान तथा सीप आर्जन गर्दै आत्मोन्नती गर्ने लगायतका उद्येश्यहरु राखेको हुन्छ । कुनैपनि पेशा वृतिको रुपमा रहन त्यस्तो पेशामा निरन्तरता, स्थायित्व र उन्नती प्रगति जस्ता अवस्था बिद्यमान रहेको हुनुपर्दछ । वृतिको सन्दर्भमा पेशामा निरन्तरता, स्थायित्व भन्नाले एउटा मात्र पेशामा निरन्तरता, स्थायित्व नभई अन्तर सम्वन्धित पेशामा निरन्तरता, स्थायित्व भन्ने बुझ्नुपर्दछ । यस सन्दर्भमा वृतिलाई अन्तर सम्वन्धित पेशाहरुको श्रृखला समेत भनेर बुझ्न सकिन्छ ।
वृति विकाश के हो?
“Lifelong process of managing life, learning and work.”
सामान्य अर्थमा वृति विकाश भन्नाले कुनैपनि व्यक्तिले वृतिको रुपमा अवलम्वन गरेको पेशामा हुने क्रमिक सुधार वा सकारात्मक परीवर्तन भन्ने बुझिन्छ । वृति विकाशलाई व्यक्तिले भविश्यको लागी राखेको लक्ष हांसिल गर्न पेशागत कार्य तथा सिकाईलाई व्यवस्थापन गर्दै क्रमिक रुपमा जीवनलाई गुणात्मक ढंगले अगाडि बढाउने प्रकृयाको रुपमा समेत परीभाषित गर्न सकिन्छ । वृति विकाशको अवधारणले कुनैपनि व्यक्तिको पेशागत जीवनमा आफ्नो क्षमताको प्रयोग गर्दै उन्नती, प्रगती हांसिल गर्न सक्ने अवस्थाको सुनिश्चितता रहेको अवस्थालाई जनाउदछ । मानव संसाधन विकाश अन्तर्गत गरिने क्रियाकलापहरु जस्तो तालिम तथा विकाश (Training and development, T & D), संगठनिक विकाश (Organization development, OD) तथा वृति विकाश (Career development, CD) मध्ये वृति विकाश एक महत्वपूर्ण कार्य हो ।
वृति विकाश कसरी?
वृति विकाश व्यक्तिको वृतिलाई सवलिकरण गर्दै यसलाई जीवन उपयोगी ढंगले व्यवस्थापन गर्ने वा अगाडी बढाउने प्रकृया हो । वृति विकाश पेशागत जीवनको सम्वेदनशिल र जटिल प्रकृया हो । वृति विकाशका लागी धेरै तत्वहरु जिम्मेवार रहन्छन । वृति विकाशका तत्वहरु सम्वन्धित व्यक्तिको इच्छा, चाहना, आवश्यकता, ज्ञान, सीप, पेशागत दक्षता, आवश्यकता तथा सांगठनिक आवश्यकता समेतको आधारमा फरक फरक हुन सक्छन । समान्यतया वृतिको रुपमा अवलम्वन भएको पेशामा देहायका अवस्था भएमा वृति विकाश भएको वा वृति विकाशको लागि सहयोग पुगेको मान्न सकिन्छ ।
१) वृतिको रुपमा अवलम्वन भएको पेशा संग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सम्वन्धित नयां नयां कुराहरु सिक्ने अध्यायन तालिमका अवसरहरु प्राप्त भएको अवस्था
२) साविकमा गरिआएको कार्यमा माथिल्लो स्तरका जिम्मेवारी थप गरि कार्यलाई चुनौतीपूर्ण तथा अर्थपूर्ण बनाउन कार्य पुष्टिकरण (Job enrichment) विधी अवलम्वन भएको अवस्था (Job enrichment=vertical loading of a job)
३) साविकमा गरिआएको कार्यमा समान प्रकार तथा स्तरका थप जिम्मेवारी दिई कार्य बिस्तृतिकरण (Job enlargement) भएको अवस्था (Job enlargement=Horizontal loading of a job)
४) अन्तरसम्वन्धित बिभिन्न प्रकृती तथा स्तरका कार्यालयहरुको कार्यसम्पादनको अनुभव दिलाउन नियमित तथा प्रकृयासंगत सरुवा (Job rotation) को व्यवस्था भएको अवस्था
५) कार्यसम्पादन क्षमता, निर्णय क्षमता तथा बिषयबस्तुको ज्ञान समेतको मूल्याङ्कनद्धारा समान प्रकृतिको माथिल्ला पदमा बढुवा हुने योग्यतामा आधारीत पदोन्नती/बढुवा (Promotion) को व्यवस्था भएको अवस्था
६) कार्यालयको पेशागत जीवनमा सिकेका ज्ञान, सीप आदीको उपयोग निवृत जीवन अर्थात Retired career मा उपयोग हुने अवस्था ।