ADS

Friday, April 24

यसरी गरौ दिशा र दुरी सम्बन्धी IQ को तयारी

iQ (Intelligence quotient.) भन्ने वित्तीकै धेरैको पसिना आउने गर्दछ । नबुझ्नेलाई धेरै पसिना आएता पनि बुझेर गर्ने हो भने IQ िनकै सजिलो पनि हुने गर्दछ । IQ कै एक प्रकार दिशा र दुरी सम्बन्धी IQ को समाधान गर्दा निम्न सुत्र प्रयोग गर्ने हो भने यो निकै सरल एवम् छिटो हुने गर्दछ । 
Direction IQ
  1. दिशा र दुरीको काम गर्दा कुन बिन्दुबाट भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले प्रश्न हल गर्दा सुरू बिन्दु वा हालको बिन्दु कुन बाट सोधेको छ त्यसलाई ध्यन दिनु पर्दछ ।
  2. दिएको प्रश्नलाई राम्ररी पढेर चित्रमा दिएको जस्तै दिशा छुट्टाएर प्रश्नको समाधान गर्दा सजिलो हुन्छ ।
  3. कुनै पनि प्रश्नमा यति डिग्री घडीको दिशामा, घडीको विपरित दिशामा घुमेर जस्तो प्रश्न दिएमा घडीको दिशामा दिएको (एकै प्रकारका) डिग्रीहरु जोडेर ठुलोबाट सानो घटाउनु पर्दछ र आएको फललाई बर्तमान अवस्थाबाट कति डिग्री भयो त्यसैको आधारमा त्यसको समाधान निकाल्नु पर्छ । जस्तै:-
  4. यदि उत्तर-पुर्व  (Copied from www.insuplazaa.blogspot.com) भनेको पूर्व भए जस्तो प्रश्न आएमा दिएको दिशा कति डिग्रीमा भनेको छ । सोही बराबर डिग्रीमा दिएको प्रश्नको उत्तर खोज्नु पर्दछ ।
    जस्तै:- यदि उत्तर-पूर्व भनेको पूर्व हो भने पश्चिम भनको के हो? यो प्रश्नमा उत्तर-पूर्व र पूर्व बिचको कोण 45 डिग्री घडीको दिशामा छ त्यसै गरी पश्चिमबाट 45  डिग्री घडीको दिशा उत्तर पश्चिम हुन्छ । सहि उत्तर उत्तर-पश्चिम हुन्छ । सरलताको लागि चित्रमा हेर्न सकिन्छ ।
  5. उत्तर मुख फर्काएर उभिएको मानिसको छायाँ सूर्योदयको समयमा उसको बाँयातर्फ र सूर्यास्थको समयमा उसको दायाँतर्फ जान्छ ।
  6. दिशा दुरीको हिसाब गर्दा दायाँ/दाहिने/ Right  भनेमा त्यो Clockwise Direction  जानु पर्दछ भने बायाँ/देब्रे/Left   भनेमा त्यो Anti Clockwise Direction मा जानु पर्दछ ।
  7. सूर्योदय हुँदा छायाँ पश्चिममा हुन्छ A  को दायाँ भनेको उ दक्षिण फर्केको हुन्छ ।
  8. सूर्योदय हुँदा (Copied from www.insuplazaa.blogspot.com) छायाँ पश्चिममा हुन्छ A  को बायाँ भनेको उ उत्तर फर्केको हुन्छ ।
  9. सूर्यास्त हुँदा छायाँ पूर्वमा हुन्छ A  को दायाँ भनेको उ उत्तर फर्केको हुन्छ ।
  10. सूर्यास्त हुँदा छायाँ पूर्वमा हुन्छ A  को बायाँ भनेको उ दक्षिण फर्केको हुन्छ ।