ADS

Saturday, April 4

नेपालमा योजना सम्वन्धित महत्वपूर्ण जानकारीहरु

नेपालमा योजना सम्वन्धित महत्वपूर्ण जानकारीहरु
→नवौ र दशौ योजनाको एउटै साझा उद्येश्य गरिवी निवारण थियो । दशौ योजनाको एकल उद्येश्य गरिवी निवारण थियो ।
→नवौ योजनाबाट पहिलोपटक दीर्घकालनि सोच राख्न सुरु भएको हो ।
→दशौ योजनादेखि औपचारीक रुपमा सुशासनको अवधारणा अवलम्वन भएको हो ।
→बि.सं. २०२५ सालमा राष्ट्रिय योजना आयोग नामाकरण हुनु पुर्व यसलाई २०१३ सालमा योजना आयोग, २०१४ सालमा योजना मण्डल, २०१७ सालमा राष्ट्रिय योजना परिषद भनिन्थ्यो ।
→प््राादेशिक विकाशको अवधारणा पहिलो पटक पांचौ पञ्चबर्षिय योजनाबाट आएको हो ।
→सामाजिक असमानताको अन्त्य गर्ने उद्येश्य पहिलो पटक तेश्रो पञ्चबर्षिय योजनाले राखेको हो ।
→दोश्रो त्रिबर्षिय योजनाले खासै ठूलो उपलब्धि दिन नसकेकोले यसलाई Preparatory Plan समेत भनिन्छ ।
→कृषि गणनाको शुरुवात दोश्रो योजनाबाट सुरु भएको हो ।
→बि.सं २०६७ सालमा राष्ट्रिय योजना आयोगको गठन आदेश सरकारद्धारा जारी भएको, आयोगमा पदेन बाहेक ७ सदश्य रहने व्यवस्था (पदेन सहित जम्मा १२ पदाधिकारी रहने)
→दुइ प्रकारका लक्ष राखेर तयार भएका योजना पांचौ र दशौ योजना हुन ।
→योजनावद्ध बिकाश प्रयास हुनु अघि (२०१३ अघि) नेपालमा साक्षारता २%, कुल सडक ११७ कि.मि. र उच्च शिक्षा हासिल गर्नेको संख्याा १५० जना मात्र रहेको थियो ।
→छैटौ योजनाले आधारभूत आवश्यकता परीपूर्ति र आठौ योजनाले दीगो विकाशको अवधारणालाई योजनामा समावेश गराइएको ।
→आयोजनाको बातावरणिय प्रभाव मूल्याड्ढन गर्न सुरुवात सातौ योजनाबाट सुरु भएको हो ।aa

www.insuplazaa.blogspot.com