ADS

Saturday, April 4

नागरिक चेतनाको परिचय दिदै नागरिक चेतना बृद्धी हुँदा समाजमा कस्तो प्रभाब पर्छ बुदागत रुपमा उत्तर दिनुहोस - - - - -(१०)

नागरिक चेतनाको परिचय दिदै नागरिक चेतना बृद्धी हुँदा समाजमा कस्तो प्रभाब पर्छ बुदागत रुपमा उत्तर दिनुहोस - - - - -(१०)
"Civic sense is the unspoken norms of society, which helps to run the society smoothly"
» नागरिक भन्नाले कुनैपनि राष्ट्र वा नगरको आधिकारीक नागरिकता प्राप्त गरेको व्यक्ति हो, जससंग राजनैतिक तथा कानुनी अधिकार र हकहरु प्राप्त हुन्छ । त्यस्तै चेतना भन्नाले ज्ञान, बुद्धि, विवेक प्राप्त गर्नु वा Awareness बढनु भन्ने बुझिन्छ ।
» नागरिक चेतना भन्नाले समाजमा बिद्यमान मूल्य, मान्यता तथा परम्पराहरु (Value, norms and traditions) बुझ्ने तथा त्यस्ता मूल्य, मान्यता तथा परम्पराहरुलाई आत्मसाथ गर्ने ज्ञान प्राप्त हुनु वा सचेतना हुनु हो । नागरिक चेतना स्तरले समाजको विकाशस्तर प्रतिविम्वित गर्दछ ।
» समाजलाई व्यवस्थित र सुशिक्षित बनाउन नागरिक चेतनाको स्तर बढन जरुरी छ । नागरिक चेतना समाजलाई आचरणयुक्त बनाउने एउटा माध्यामपनि हो ।
» नागरिक चेतनाले नागरिकका क्रियाकलापहरुलाई अनुशासित बनाउने नैतिक दवावको काम गर्दछ । सचेत नागरिक समाज प्रतिका आफ्ना कर्तव्य, दायित्व बहन गर्न सदा सर्बदा सक्षम र अग्रसर रहन्छ ।
»नागरिक चेतना बृद्धिहुनमा औपचारीक शिक्षाका अलावा मानिसको देखाई, भोगाई, अनुभव जस्ता अनौपचारीक क्रियाकलापहरुले समेत महत्वपूर्ण भूमिका खेल्दछ ।
नागरिक चेतना बृद्धिहुदा के हुन्छ?
1. व्यक्ति तथा समाजमा सदाचार, नैतिकता, सहिष्णुता बृद्धिहुन्छ ।
2. एक अर्का बिच बिश्वास र सम्मान गर्ने संस्कृतीको विकाश हुन्छ ।
3. कानुन, नीति, नियमको पालना स्वेच्छिक रुपमा बढछ ।
4. राज्य प्रति नागरिकले पुरा गर्नुपर्ने दायित्व स्वेच्छिक रुपमा बहन हुन्छ, जस्तोः कर भुक्तानी ।
5. समाजमा शान्ति, सुव्यवस्था दरिलो हुन्छ ।
6. सार्वजनिक सम्पतिको संरक्षण तथा सम्वर्धनमा नागरिकको स्वेच्छिक संलग्नता बढछ । सार्वजनिक सम्पती प्रती अपनत्वभाव बढछ ।
7. अव्यवस्थित फोहरमैला नियन्त्रण हुन्छ, वातावरण संरक्षणमा सघाउ पुग्दछ ।
नागरिक चेतना व्याक्तीका गलत वा अवान्छित क्रियाकलाप उपर ज्ञानको बृद्धिद्धारा नियन्त्रण गर्ने बिधी हो । व्यक्तीले आफ्ना क्रियाकलापको गुण र दोष बारे ज्ञान पायो भने स्वभावैले उसले खराव कार्य उपर नियन्त्रण गर्छ भन्ने नागरिक चेतनाको अवधारणको मुख्य सार हो ।
see more