ADS

Sunday, April 12

माध्यमिक तह वस्तुगत प्रश्नहरुको उत्तर


  


१) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक हुनको लागि न्यूनतम शैक्षिक योग्यता कति हो ?
ग) स्नातक
२) माध्यमिक तहको ऐच्छिक प्रथम पत्रमा समावेश नभएको विषय कुन हो ?
घ) छविकला
३) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
ग) धारा २०
४) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ?
ग) अंचल स्तरीय
५) शिक्षा नियमावली २०५९ अनुसार शिक्षकलाई तालिमको लागि छनौट गर्ने जिम्मेवारी कसको हो ?
ग) वि.व्य.स.
६) थोरै विद्यार्थी र कम शिक्षक दरबन्दी भएको विद्यालयमा कुन शिक्षण विधि उपयुक्त हुन्छ ?
ग) वहुवर्ग शिक्षण
७) पूर्व प्राथमिक तहको अनुमति तथा स्वीकृति कसले प्रदान गर्दछ ?
घ) गाविस/नगरपालिका
८) विद्यालय क्षेत्र सुधार योजनाको समयावधी कुन हो ?
ख) सन् २००९ —२०१५
९) विद्यालय तहको पाठ्यक्रको अन्तिम स्वीकृति प्रदान गर्ने निकाय कुन हो ?
ग) नेपाल सरकार
१०) नेपालको अन्तरिम संविधान २०६३ अनुसार सरकारको नीति तथा कार्यक्रम कसले सम्बोधन गरी प्रस्तुत गर्ने प्रावधान छ ?
ख) राष्टपति
११) माल्दीभ्सको विद्यालय तहको शैक्षिक संरचना कस्तो छ ?
ख) ५+२+३+२
१२) पाठ्यक्रमका अंगहरुको ठीक क्रम कुन हो ?
ग) उद्धेश्य, विषयवस्तु, शिक्षण सिकाई क्रियाकलाप मुल्यांकन
१३) सबैको लागि शिक्षा कार्यक्रम २००४—२००९ सञ्चालनको लागि जम्मा कति बजेटको व्यवस्था गरिएको थियो ?
क) ८१४.५ मिलियन अमेरिकी डलर(यसमा ढुक्क छैन है)
१४) राष्टिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक तहको शिक्षाको लागि कूल कति पूर्णाङ्ग कायम गरिएको थियो ?
घ) ७०० +१००
१५) नेपालमा सर्व प्रथम Technical school स्थापना कहिले भएको हो ?
क) वि.सं. १९८७
१६) राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ सर्वप्रथम कुन–कुन जिल्लामा लागु गरियो ?
घ) चितवन र कास्की
१७) एस.एल.सी. परीक्षा कक्षा १० को पाठ्यक्रमबाट मात्र कहिले देखि सञ्चालन हुन थालेको हा ?
क) वि.सं.२०६३
१८) शिक्षकको कार्य क्षमताको मूल्यांकन गर्दा तालिम वापत् कति अंक प्रदान गरिन्छ ?
घ) १० अंक
१९) न्युनतम तलव स्केल रु. २२,०००, अन्तिम तलवमान रु. २५००० र २० वर्ष सेवा अवधि भएको शिक्षकले मासिक कति रकम निवृत्तिभरण पाउँछ ?
क) रु. १०,०००
२०) हाम्रो देशमा विद्यालय शिक्षाको गुणात्मक पक्ष सोचेजस्तो नहुनुमा मूल्यांकनको कस्तो भुमीका रहेको छ ?
ग) निरन्तर विद्यार्थी मूल्यांकन नहुनु ।