ADS

Saturday, April 4

राष्ट्रको समुन्नतीका लागि नागरिक चेतनाले कसरी भूमिका निभाउदछ त?

क) नागरिक शिक्षाको मुख्य उद्येश्य नागरिकमा ज्ञान बृद्धिद्धारा उनिहरुमा चेतना बढाउने हो । आफ्ना हक अधिकार बारे सजग गराउने हो । नागरिक चेतना बढदा सरकार नागरिक प्रति बढी उत्तरदायी हुनु पर्ने बाध्यता हुन्छ । पारदर्शिता बढछ । यसले समग्र शासन सञ्चालन प्रकृयालाई असल साथै प्रभावकारी बनाउन सहयोग गर्दछ । सुशासनलाई आधार दिन्छ ।
ख) नागरिक शिक्षा मार्फत बढेको चेतनाले राज्य तथा समाज सञ्चालन प्रकृया, नागरिक अधिकार, कर्तव्य आदी जस्ता सामाजिक तथा राजनैतिक क्षेत्रमा नागरिकमा सजगता, सचेतता बृद्धि गर्न मद्यत पुग्दछ । यसबाट नागरिकहरुको उक्त क्षेत्रमा संलग्नता÷सहभागिता बढाउन मद्यत पु¥याउछ, जस्तोः मतदानमा संलग्नता, सामाजिक छलफलमा संलग्नता, विकाश निर्माणमा सहभागिता आदी । यसबाट विकाश कृयाकलापका अलावा सम्पूर्ण शासन प्रणालीलाई दिगो तथा सन्तुलित रुपमा अगाडि बढाउन मद्यत गर्दछ ।
ग) चेतनास्तर बढेको समाजमा नैतिक आचरण पक्ष दरिलो हुन्छ । आ©्ना हरेक क्रियाकलापहरुलाई सामाजिक संस्कृतिक परीधि भित्र रहेर स्वयं नियन्त्रित गरिन्छ । सार्वजनिक हित र भलाईका लागि जारी भएका नीति कानुनहरुको पालना स्वेच्छिक रुपमा हुन्छ । यसबाट समाज मर्यादीत र सामाजिक परिवेश अनुकरणिय बन्न जान्छ । असल सामाजिक संस्कृति निर्माण गर्न सहयोग पु¥याउदछ । 
घ) नागरिक चेतना बढदा सार्वजनिक श्रोत, सम्पति, यसको महत्व, दिगो उपयोग तथा संरक्षण सम्वन्धमा नागरिक सजग हुन्छन । सार्वजनिक सम्पतिको संरक्षण तथा सम्वर्धनमा नागरिकको स्वेच्छिक संलग्नता बढछ । सार्वजनिक सम्पती प्रती अपनत्वभाव बढछ । सार्वजनिक सम्पति सबैको साझा हो र यसको संरक्षणले सबैलाई लाभ पुग्दछ भन्ने ज्ञानको बृद्धिले सार्वजनिक सम्पतिको संरक्षण हुने, हिनामिना तथा मस्यौट नहुने हुन्छ । यसबाट भ्रष्टचार विरुद्धका रणनीति कार्यान्वयन गरी सदाचार बृद्धिगर्न समेत सहयोग पुग्ने हुन्छ ।
ङ) चेतनास्तरको बृद्धि संगसगै व्यक्ति व्यक्ति बिच बिश्वास र एकले अर्कालाई सम्मान गर्ने संस्कृतीको विकाश हुन्छ । एकले अर्काको अस्तित्व स्वीकार गर्ने अवस्था सृजना हुन्छ । आपसि मेल मिलापको अवस्था सवल हुन्छ । यसबाट असल समाज निर्माण भई सामाजिक तथा संस्कृतिक रुपान्तरणमा सहयोग पुग्दछ । सामाजिक सौहार्दता स्थापित हुन्छ । द्धन्दको अवस्थाबाट समाजलाई टाढा लैजान र सामाजिक सांस्कृतिक क्षेत्रमा शान्तिपूर्ण माहोल स्थापित गर्न सकिन्छ । 
च) नागरिक चेतनाले सार्वजनिक पद (राजनैतिक तथा प्रशासनिक) लाई जिम्मेवारीको रुपमा बुझ्ने क्रम सुरु हुन्छ । सार्वजनिक पदाधिकारीहरु लक्षित बर्गलाई पु¥याउनु पर्ने सेवा सुविधा वितरणमा दत्तचित्त भएर लाग्ने अवस्था सृजना हुन्छ । व्यक्तिगत लाभलाई भन्दा सामूहिक÷राष्ट्रिय लाभलाई प्राथमिकता दिने अभ्यास सुरु हुन्छ । यसबाट राष्ट्रका आवश्यकताहरु सहि रुपमा परिपूर्ति हुन सक्दछन । 
छ) नागरिक चेतनाको बृद्धि स्वरुप वातावरणीय पक्षमा समेत नागरिकहरु सजग हुने क्रम बढदछ । अव्यवस्थित फोहरमैला नियन्त्रण हुन्छ, वातावरण संरक्षणमा सघाउ पुग्दछ । यसबाट स्वच्छ वातावरणमा बांच्न पाउने नागरिकको हक स्थापित गर्न सहयोग पुग्दछ ।
ज) नागरिक चेतना बढदा नागरिकमा आफ्ना हक, अधिकार र कर्तव्य बारे सचेतना बढछ । राज्यबाट आफुले प््राप्त गर्ने अधिकार र राज्य प्रति नागरिकले पुरा गर्नुपर्ने दायित्व बारे ज्ञान बढछ । नागरिकले पुरा गर्नुपर्ने दायित्वहरु (जस्तोः कर भुक्तानी) स्वेच्छिक रुपमा बहन हुन्छ । यसले नागरिकमा जिम्मेवारी बोध गराउनुको साथै नागरिक सशक्तिकरणका लागी समेत सहयोग पु¥याउदछ ।