ADS

Saturday, April 4

नेपालमा कृषि गणना सम्बन्धि जानकारी

नेपालमा कृषि गणना सम्बन्धि जानकारी» कृषि प्रणाली वारेमा सूचनाहरु संकलन गर्ने उद्देश्यले वि.स.ं २०१८ साल देखि नेपालमा कृषि गणना सुरु भएको हो ।» वि.स. २०६८ मा छैटौ कृषि गणना सम्पन्न भएको थियो । छैटौ कृषि गणनाको नारा ‘कृषि विकासकोमूल आधार, पारौं कृषि गणना साकार’ भन्ने थियो ।
» छैटौ राष्ट्रिय कृषि गणना २०६८ मा देहाय अनुसारको जग्गामा वाली लागेको वा देहायका संख्यामा पशुपंक्षी पालेको भएमा कृषक परिवार भनि परिभाषित गरिएको छ
क) हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना (०.०१२७२ हेक्टर) र तराइका जिल्लामा कम्तीमा ८ धुर (०.०१३५५ हेक्टर) क्षेत्रफल बाली लागेको जग्गा भएमा, वा
(ख) जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी पालेको भएमा, वा
(ग) कम्तीमा ५ वटा भेडा–बाख्रा, सुँगुर–बब्गुरजस्ता चौपाया पालेको भएमा,वा
(घ) चल्ला र माउ गरी कम्तीमा २० वटा सम्म चराचुरुङ्गी (कुखुरा, हाँस ) पालेको भएमा ।
(यस गणनामा कम्पनी वा प्रतिष्ठानको रुपमा संचालित कृषि व्यवसाय समावेश गरिएका छैनन् ।)
» छैटौ राष्ट्रिय कृषि गणना २०६८ मा देहाय अनुसारको जग्गामा वाली लागेको वा देहायका संख्यामा पशुपंक्षी पालेको भएमा कृषक परिवार भनि परिभाषित गरिएको छ क) हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना (०.०१२७२ हेक्टर) र तराइका जिल्लामा कम्तीमा ८ धुर (०.०१३५५ हेक्टर) क्षेत्रफल बाली लागेको जग्गा भएमा, वा(ख) जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी पालेको भएमा, वा(ग) कम्तीमा ५ वटा भेडा–बाख्रा, सुँगुर–बब्गुरजस्ता चौपाया पालेको भएमा,वा(घ) चल्ला र माउ गरी कम्तीमा २० वटा सम्म चराचुरुङ्गी (कुखुरा, हाँस ) पालेको भएमा ।(यस गणनामा कम्पनी वा प्रतिष्ठानको रुपमा संचालित कृषि व्यवसाय समावेश गरिएका छैनन् ।)छैटौ कृषि गणना (२०६८) को संक्षिप्त नतिजा→ जम्माजम्मी नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन्, जसमध्ये १ लाख १६ हजार खेतीपाती नगरेका कृषक परिवार पाइएको छ । १० वर्ष अघिको तुुलनामा कृषक परिवारको संख्यामा ४ लाख ६७ हजारले वृद्धि भएको देखिएको छ । → कष्ृाक परिवारको चलनमा रहेको जगाको क्षेत्रफल २५ लाख २५ हजार हे. भएको अनुमान छ, जुन १० वर्ष अघिको तुलनामा करिव १ लाख २९ हजार हक्टरले कमी देखिएको छ । → सबैभन्दा वढी कृषि क्षेत्रफल भएका ५ जिल्लाहरुमा मोरंग, झापा, सर्लाही, सिराहा, सुनसरी छन् भने कम क्षेत्रफल भएका जिल्ला हरुमा मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, रसुवा र हुम्ला पर्दछन् ।→ १० वर्ष अघि मुख्य कृषकमध्ये ८% महिला थिए भने हाल १९% मुख्य कृषक महिला छन् । → ८३% कृषकको मुख्य आयको स्रोत कृषि रहेको । → ६०% कृषकका आफ्नो उत्पादन वार्षिक उपभोगकालागि नपुग रहेको देखिन्छ । → प्रति कृषक परिवार कित्ता संख्या अधिकतम जुम्ला ९.३४ → प्रति कृषक परिवार कित्ता संख्या न्यूनतम झापा १.६२