ADS

Saturday, April 4

राष्ट्रिय सुरक्षा परिषद्को कार्य र गठन बिधी बारे लेख्नुहोस । (५)

राष्ट्रिय सुरक्षा परिषद्को कार्य र गठन बिधी बारे लेख्नुहोस । (५)
नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोग गर्नको लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न नेपालमा एक राष्ट्रिय सुरक्षा परिषद् रहने् व्यवस्था नेपालको अन्तरिम सम्विधान २०६३को धारा १४५मा गरिएको छ । यसको गठन बिधी देहाय बमोजिम रहेको छ ।
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) रक्षा मन्त्री – सदस्य
(ग) गृह मन्त्री – सदस्य
(घ) मन्त्रिपरिषद्मा रहेका राजनैतिक दलहरुमध्ये फरक–फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री – सदस्य
तर मन्त्रिपरिषद्मा तीनभन्दा कम राजनैतिक दलको प्रतिनिधित्व भएको अवस्थामा सोभन्दा कम राजनैतिक दलको प्रतिनिधित्व गर्ने गरी तोक्न बाधा नपुग्ने र प्रधानमन्त्री र रक्षा मन्त्री एकै व्यक्ति रहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठतम सदस्य राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुने व्यवस्था नेपालको अन्तरिम सम्विधान २०६३ले गरेको छ साथै राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो बैठकमा आवश्यकतानुसार अन्य व्यक्तिलाई समेत आमन्त्रण गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।