ADS

Saturday, April 4

कृषि विकास बैक (व्यवसाय अधिकृत) २०७०।११।०३ मा सोधिएका प्रश्नहरु

उत्तर कमेन्टमा लेख्न पनि सक्नुहुनेछ

१) Royal monetary Authority कुन देशको केन्द्रिय बैकको नाम हो ?
२) नेपालमा Treasury bill कस्ले निश्कासन गर्दछ ?
३) नेपाल राष्ट्र बैकद्धारा लघुवित्त वितिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७० अनुसार राष्ट्रियस्तरको लघुवित्त वित्तिय संस्थाले चुक्त्ता पुँजी कति पुरयाउनु पर्ने व्यवस्था गरिएको छ ?
४) मूल्य अभिवृद्धि कर (VAT) लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
५) अमेरिकाको केन्द्रीय बैक लाई के भनिन्छ ?
६) कृषि विकास बैक कहिले कम्पनीमा परिवर्तन भएको हो ? विक्रम संवत्मा साल,महिना र गते लेख्नुहोस ।
७) बैक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी विनियमावली, २०६८ कुन मितीदेखि लागु भएको हो ? विक्रम संम्वत्मा लेख्नुहोस ।
८) नेपाल राष्ट्र बैकद्धारा क वर्गको इजाजत प्राप्त वित्तिय संस्थाले पहिचान गरेको जोखिमहरु बारे अन्य जोखिम समेत पहिचान गरि पूँजीकोष कायम गर्न जारी गरिएको ICAAP Guidelines मा ICAAP को पूर्ण रुप के हो ?
९) नेपालमा सम्पती शुद्धिकरण ऐन कहिले जारी भएको हो ? विक्रम संवत्मा लेख्नुहोस ।
१०) FSAP को पूर्ण रुप के हो ?
११) आ.व. २०६९।२०७० मा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैक कुन हो ?
१२) नेपालमा मौद्रिक निती कुन निकायबाट निर्माण हुन्छ ?
१३) बोनस ऐन अनुसार कुनैपनि संस्थाले आफूले आर्जन गरेको खुद मुनाफा मध्ये कति प्रतिशत सम्म बोनस वितरणगर्न पाउछन् ?
१४) कृषि विकास बैकको अध्यक्षको मनोनयन को बाट हुन्छ ?
१५) नेपालको पूँजी बजारमा कुन क्षेत्रको अग्रणी स्थान छ ? 
१६) वित्तीय नितीका प्रवद्र्धक को हुन् ?
१७) राष्ट्रिय गौरवका आयोजना मध्ये बुढीगण्डकी जलविधुत आयोजनाले कति मेगावट विझुत उत्पादन गर्ने लक्ष्य राखेको छ ?
१८) नेपालमा एकल खाता कोष प्रणाली (TSA) कुन ई.स. देखि लागु भएको हो ?
१९) नेपालमा लगानी बोर्ड कुन एैन अन्तरगत स्थापना भएको हो ?
२०) नेपालमा लैङ्गिक उत्तरदायी बजेट प्रणाली कुन आ.ब. देखि कार्यान्वयनमा आएको हो ?