ADS

Saturday, April 4

नमुना उत्तरः तेश्रो पत्र (शा.अ.)

नमुना उत्तरः तेश्रो पत्र (शा.अ.)देश विकाशको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिले कस्तो सकारात्मक भूमीको निर्बाह गर्न सक्ला, आफनो मौलिक उत्तर दिनुहोस । . (१०)विकाश भन्नाले के बुझिन्छ?- राज्यका आर्थिक सामाजिक क्षेत्रमा हुने सकारात्मक परीवर्तन नै विकाश हो । विकाशले बर्तमान अवस्थाबाट समुन्नतिको अवस्था तर्फ जाने प्रकृयालाई बुझाउदछ- विकाशले भौतिक पूर्वाधारहरुमा उन्नतीका अलावा राज्यको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा हुने रुपान्तरण समेतलाई जनाउदछ तर यो मात्र विकाशको गन्तव्य भने होईन । विकाशको अन्तिम गन्तव्य भनेको मानवको जीवनस्तरमा सुधार गर्ने अर्थात मानविय विकाश गर्ने हो ।सूचना तथा सञ्चार प्रविधि के हो?- डिजिटल स्वरुपका सूचना तथा तथ्यांकहरु संकलन गर्न, प्रशोधन गर्न, बिश्लेषण गर्न, भण्डारण गर्न, सुरक्षण गर्न, प्रसार वा सञ्चार गर्न उपयोग हुने साधनहरु (जस्तो कम्प्युटर हार्डवेयर, सफटवेयर, नेटवर्कि∙, टेलिकम्युनिकेशन आदी) को समष्टिगत रुप नै सूचना तथा सञ्चार प्रविधि हो ।- विकाश क्रियाकलापहरुलाई दरिलो तथा दिगो बनाउन, सेवा प्रवाह तथा सूचना आदान प्रदान कार्यलाई छिटो छरितो वनाउन तथा देशमा विद्यमान सम्भावनाको ढोकालाई खोल्ने कार्यमा उपयोगी साधन हो ICT ।देश विकाशमा सूचना तथा सञ्चार प्रविधिको भूमीका१. ग्रामीण विकाशमा सहयोग पुरयाइ देशको सन्तुलीत विकाशमा टेवा पुरयाउनेः ग्रामीण क्षेत्रसम्म कृषि, शिक्षा, स्वास्थ्य लगायत अन्य आर्थिक, सामाजीक, राजनैतीक क्षेत्रका सूचना तथा समाचारहरुको प्रवाहमा सहजता हुने, दिगो बिकाश तथा ग्रामिण शसक्तिकरणमा टेवा पुग्दछ साथै कृषि उपजको बजारीकरण गरि स्थानीय आर्थिक अवस्था सुधार हुने, रोजगारी बढने तथा जीवन निर्वाहमुखि कृषि क्षेत्रलाई व्यवसायिक वनाउन सहयोग पुग्दछ ।२. सूचनाको श्रोत तथा सञ्चार प्रवाहलाई दरिलो, सहज र सरल वनाउनेः दुरसञ्चार सेवा तथा इन्टरनेटको विकाशले सञ्चार पद्धतीमा व्यापक रुपान्तरण गरेको, सरकार- सरकार-नागरिक-सरकार तथा नागरिक-नागरिकको सम्वन्धमा सुधार आएको साथै सम्वन्ध सुमधुर बनाउन सहयोग पुगेको छ । ग्रामिण क्षेत्रसम्म सूचनामा पहुच पुग्नाले नागरिक शसक्तिकरणमा सहयोग पुग्न गई विकाश निर्माणमा स्वेच्छिक सहभागिता हासिल हुने अवस्था सिर्जना भएको छ । ३. शिक्षा तथा पर्यटन क्षेत्रको प्रवर्धन तथा विकाशमा उपयोगीः पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न तथा Online learning, distance learning, self learning को अवसर सिर्जना हुनगई देश निर्माणलाई आवश्यक योग्य जनशक्ति विकाशमा सहयोग पुग्न जान्छ ।४. सेवा प्रवाहलाई सुढृढिकरण गर्न सहयोगीः E-governance को माध्यामबाट सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन, अन्तर निकाय समन्वय, साझेदारि कायम गर्न आधार दिन्छ, साथै दुर दराज सम्म समेत सेवा प्रवाहमा पहुच पुरयाउन आधार दिन्छ । सेवा प्रदायक र सेवाग्राही बिचको दुरी न्युनिकरणका लागि सहयोग पुग्दछ ५. तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताको विकाश तथा उपयोग हुनेः प्रविधीको उपयोगद्धारा बस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न, उत्पादनलाई गुणस्तरीय, मितव्ययी बनाउन तथा औद्योगिक क्षेत्रको विकाश, बिस्तार, विवीधीकरण तथा आधुनिकरण गर्नमा योगदान पुग्ने हुन्छ ।६. प्रविधि स्थानान्तरणका लागि आधार दिन्छः राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा भएका राम्रा तथा अनुकरणिय अभ्यासहरु, प्रविधिहरु स्थानान्तरण गर्न तथा उपयोग गर्न आधार दिन्छ, सभ्भव वनाउदछ ।७. पारदर्शिता तथा उत्तरदायित्व बढाउन सहयोगिः सूचना प्रविधिको प्रयोगले सार्वजनिक क्रियाकलापलाई पारदर्शि, उत्तरदायि बनाउन आधार दिन्छ । वेभसाइटको माध्यामबाट सहज तथा सरल ढंगले सूचना जानकारी वितरण गर्न वा प्रवाह गर्न मद्यत पुग्दछ । सूचनाको हकलाई व्यवहारमा कार्यान्वयन गरी लोकतन्त्रलाई दरिलो बनाउन मद्यत पुग्दछ ।८. दैबि प्रकोपको समयमा उपयोगीः सूचना प्रविधिको प्रयोग मार्फत दैवि प्रकोपको समयमा सूचना प्रवाह गर्न, उद्धारलाई प्रभावकारी तथा छिटो छरितो गर्न समेत सहयोग पु¥याउदछ, प्रकोपको समयमा हुन सक्ने सभ्भावित जनधनको क्षतिलाई न्युनिकरण गर्न सकिन्छ ।९. विश्वव्यापिकरणको आधारः सूचना प्रविधिको प्रयोगले पुजी, प्रविधी, श्रम, विचार आदीको अवरोध रहित प्रवाहलाई सभ्भव बनाउदछ । यसबाट विकाशका नविन मूल्य मान्यता आदी बारे खोज अनुसन्धान गर्न, राम्रा अभ्यासहरु अवलम्वन गरी विकाश प्रकृयालाई अगाढि बढाउन सहयोग पुग्दछ ।अन्त्यमा निस्कर्षमा भन्न सकिन्छ कि सूचना तथा सञ्चार प्रविधी देशको आर्थिक सामाजिक विकाशको आधार हो । सूचना तथा सञ्चार प्रविधीको प्रयोगले विकाश प्रकृयालाई भरपर्दो, सन्तुलित र दिगो बनाउन मद्यत गर्दछ ।