ADS

Tuesday, April 7

Bidvertiser : ब्लग चलाउँदै डलर कमाउने सजिलो माध्यम

 ब्लग एकप्रकारको अनलाईन डायरी हो जसमा आफुले जानेका, बुझेका वा भोगेका कुराहरु निर्धक्क राख्न सकिन्छ । यति मात्र नभएर अलि धेरै पाठक तान्न सकियो भने राम्रै आम्दानी पनि गर्न सकिन्छ ।
ईन्टरनेटमा त्यस्ता धेरै अनलाईन विज्ञापनदाता कम्पनिहरु छन जसले उनीहरुको विज्ञापन हाम्रो ब्लग/वेबसाईटमा राखिदिएवापत राम्रै मूल्य दिने गर्दछन् । Google Adsense, BuySellAds, Media.net, Infolinks, Bidvertiser, Chitika आदि राम्रो चलेका कम्पनिहरु हुन् । यिमध्ये यो पोस्टमा हामी Bidvertiser को बारेमा जानकारी प्रस्तुत गर्दैछौँ, जुन अरुभन्दा सजिलो छ र जुनसुकै भाषाका ब्लगहरुमा प्रयोग गर्न सकिन्छ ।
Bidvertiser
k

के हो Bidvertiser?

Bidvertiser एउटा ठूलो अनलाईन विज्ञापनदाता कम्पनि हो । यसका विज्ञापन तपाईले आफ्नो ब्लग/वेबसाईटमा राख्न सक्नुहुन्छ र उक्त विज्ञापनमा क्लिक भएअनुसार तपाईले डलर कमाउनुहुन्छ ।

किन प्रयोग गर्ने Bidvertiser?

तपाईको ब्लगमा अत्यन्तै थोरै Traffic छ (अर्थात पाठक/भिजिटरको सँख्या निकै कम छ) र अँग्रेजी बाहेक अरु भाषामा लेख्नुहुन्छ भने Adsense, BuySellAds, Media.net आदिबाट विज्ञापन पाउन लगभग असम्भव जस्तै हुन्छ । त्यसैले यिनीहरुको राम्रो विकल्पका रुपमा Bidvertiser लाई लिईन्छ । Approval का लागि कुनै समस्या नहुने र दिईएको विज्ञापनको कोड तत्कालै आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सुरु गर्न सकिन्छ । विज्ञापनमा एकपटक क्लिक भएवापत $0.02 देखि $2 सम्म पाईने भएकोले पनि यसलाई राम्रो मानिन्छ ।

Sign Up Process

  1. यहाँ जानुहोस्PUBLISHER ACCOUNT का लागि Sign Up गर्नुहोस् ।
  2. आफ्नो सहि नाम, फोन नम्बर, ईमेल एड्रेस राखेर दिईएको फर्म भर्नुहोस् र चाहेको username र password राख्नुहोस् ।
  3. आफ्नो ईमेलमा आएको एक्टिभेसन कोड राखेर ईमेल भेरिफाई गर्नुहोस् । त्यसपछि त्यहाँ भनेअनुसार आफ्नो ब्लगको लिँक राखि Category छान्नुहोस् ।
  4. आफूले पैसा कुन माध्यमबाट लिने हो भनेर PAYMENT METHOD छान्नुहोस् । यदि नेपालमा हुनुहुन्छ भने Western Union छानेर आफ्नो सहि विवरण दिनुभयो भने सजिलो हुनेछ ।
यति गरिसकेपछि तपाईको Bidvertiser Account तयार भयो ।

विज्ञापन राख्ने तरिका :

  1. Bidvertiser मा Username र Password राखि Log In गर्नुहोस् ।
  2. पेजको अन्तिमतिर Bidvertiser Title, URL, Type, Click Points, Revenue आदि देख्नुहुनेछ । साथसाथै देखिने "GET AD CODE" बटममा क्लिक गर्नुहोस् ।
  3. अब त्यहाँ दिईएको Code लाई कपि गरि आफ्नो ब्लगको साईडबार (sidebar) वा पोस्टको बिचमा आफ्नो ईच्छाअनुसार राख्न सक्नुहुनेछ । जुन ठाउँमा कोड राख्यो, त्यहिँ विज्ञापन देखिनेछ ।
  4. विज्ञापनको Size मिलाउनलाई Choose Template अप्सन प्रयोग गर्नुहोला ।
  5. अर्को नयाँ ब्लगमा विज्ञापन राख्नलाई Add New Bidvertiser अप्सनको प्रयोग गर्नुहोला ।

थप जानकारी :

आफ्नो एकाउन्टमा जम्मा भएको डलर तपाईले न्यूनतम लिमिट पुगेको ३० दिनपछि (Net30) मात्र निकाल्न सक्नुहुन्छ । पेपाल (Paypal) बाट निकाल्नका लागि कम्तिमा १० डलर पुगेको हुनुपर्छ । त्यसैगरी Western Union का लागि कम्तिमा १०० डलर पुग्नुपर्ने हुन्छ ।  
for help