ADS

Saturday, April 4

संवैधानिक परिषदको परिचय दिदै यसमा को को संलग्न रहन्छन उल्लेख गर्नुहोस ।

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्  संवैधानिक परिषदको परिचय दिदै यसमा को को संलग्न रहन्छन उल्लेख गर्नुहोस ।
नेपालको अन्तरिम सम्विधान २०६३ बमोजिम गठन हुने विभिन्न संवैधानिक निकायहरुका पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न एउटा संवैधानिक परिषद् रहने व्यवस्था उक्त सम्विधानको धारा १४९मा गरिएको छ । उक्त परीषदमा देहाय बमोजिमका पदाधिकारीहरु अध्यक्ष र सदस्यका रुपमा संलग्न रहन्छन । 
(क) प्रधानमन्त्री –अध्यक्ष
(ख) प्रधान न्यायाधीश –सदस्य
(ग) व्यवस्थापिका–संसदको सभामुख –सदस्य
(घ) मन्त्रिपरिषद्मा रहेका राजनैतिक दलहरुमध्ये फरक–फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री – सदस्य
(ङ) व्यवस्थापिका–संसदमा विपक्षी दलका नेता – सदस्य
मन्त्रिपरिषदमा तीनभन्दा कम राजनैतिक दलको प्रतिनिधित्व भएको अवस्थामा सो भन्दा कम राजनैतिक दलको प्रतिनिधित्व गर्ने गरी समेत तोक्न सकिने साथै प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा न्याय मन्त्री समेत सदस्यको रूपमा रहने व्यवस्था नेपालको अन्तरिम सम्विधान २०६३मा गरिएको छ । साथै नेपाल सरकारको मुख्य सचिवले उक्त संवैधानिक परिषद्को सचिव भई काम गर्ने गर्दछन ।