ADS

Saturday, April 4

मानव अधिकार र मौलिक हक बिचको भिन्नता औल्याउनुहोस ।

मानव अधिकार र मौलिक हक बिचको भिन्नता औल्याउनुहोस ।
- मानव मात्रले पाउने बिश्वव्यापी रुपमा लागुहुने वा मान्यहुने अधिकार मानव अधिकार हो । मानव अधिकार अन्तराष्ट्रिय सन्धि सम्झौताबाट सिर्जना हुन्छ । मानव अधिकारको विश्वव्यापि घोषणपत्र मानव अधिकारलाई स्थापित गर्ने र दरिलो पार्ने एकमात्र आधार हो । कुनै पनि देशको भौगोलिक सिमाभित्र मात्र लागुहुने, त्यो देशको सम्विधानद्धारा घोषित हुने हक नै मौलिक हक हो । अर्थात देशको मूल कानुनको रुपमा रहेको सम्विधाननै मा्ैलक हक सीर्जना गर्ने एकमात्र आधार हो ।
- मानव अधिकार सवै व्यक्ति वा नागरिकलाई समान रुपमा प्राप्त हुन्छ । यसमा व्यक्ति लाई प्राप्तहुने वा नागरिकलाईमात्र प्राप्त हुने भनेर विभेद गरिएको हुदैन । केहि मौलिक हक देशका नागरिकलाई मात्र प्राप्तहुने र केहि हक त्यस्तो देशमा बसोवास गर्ने सम्पूर्ण व्यक्तिहरुलाई प्राप्तहुने गरी तोकिएको हुन सक्दछन ।
- सामान्यतया मानव अधिकारको उलंघन हुदा कानुनी उपचार हुदैन । यसको पालनाको लागि नैतिक दवाव मात्र सीर्जना गर्न सकिन्छ । मौलिक हकहरु उलंघनहुदा कानुनी उपचारको व्यवस्था हुन्छ । यसको ज्ञारेण्टि सम्विधानद्धारानै गरिएको हुन्छ ।
- मानव अधिकार विश्व भरि सवैलाई समान रुपमा लागुहुने हुदा अलि बढी फराकिला स्वरुपका तथा आधारभूत प्रकृतिका हुन्छन । मौलिक हक देशको सीमाभित्रमात्र लागुहुने हुदा देशको परिवेश अनुकुलका, सीमित दायरा समेटेका हुन्छन ।
- मानव अधिकार यो धर्तिमा जन्मनसाथ स्वतः सवै मानवलाई समान रुपमा प्राप्त हुन्छ । यसको प्रकृति अन्तराष्ट्रिय स्वरुपको हुन्छ । मौलिक हक देशको सीमाभित्र मात्र सीमित हुने हुदा त्यो देश भन्दा बाहिर रहेर अभ्यास गर्न सकिदैन । यसको प्रकृति राष्ट्रिय स्वरुपको हुन्छ ।