ADS

Saturday, April 4

विकाश योजनाको परिचय दिदै यसका उद्देश्यहरु उल्लेख गर्नुहोस ? विकाश योजना के हो?

विकाश योजनाको परिचय दिदै यसका उद्देश्यहरु उल्लेख गर्नुहोस ?
विकाश योजना के हो?
“Future course of action”
→ देशमा उपलव्ध सीमित श्रोत साधनलाई राष्ट्रको समुन्नतीका लागि महत्तम ढंगले परिचालन गरी निश्चित समयावधिमा निर्धारित उद्येश्यहरु हासिल गर्न गरिने व्यवस्थित र खाकावद्ध प्रयास नै योजना हो । विकाश योजनाले देशमा उपलव्ध दुर्लभ श्रोत साधनलाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्न आधार दिन्छ ।
→विश्वमा विकाश योजनाको पहिलो व्यवहारिक अभ्यास वा सुरुवात सन १९२८ मा रुसबाट भएको हो । सन १९२९/३० को विश्वव्यापी आर्थिक मन्दिको असर अन्य देशको तुलनामा फ्रान्समा न्युन मात्र परेकोले त्यसपछि विश्वको ध्याननै योजना निर्माण र कार्यान्वयन तर्फ तानिएको थियो ।
→ विश्वको पहिलो योजना (१९२८ –१९३३ सन) लाई “पापतिलेका” नामले समेत चिनिन्छ । उक्त योजना पञ्चबर्षिय योजनाको रुपमा रुसले सार्वजनिक गरेको थियो ।
योजनामा देहायका आधारभूत तत्वहरु बिध्यमान रहेका हुन्छन
→ उद्येश्यको स्पष्टता वा किटानी
→ लक्ष र प्राथमिकता निर्धारण
→ निश्चित समयावधि
→ श्रोत साधनको व्यवस्थापन
→ बिभिन्न क्षेत्र, कार्यक्रमहरु समेटिएको
विकाश योजना किन?
→ जनताका आधारभूत आवश्यकताहरु परिपुर्तिका लागि सहजिकरण गर्ने
→ रोजगारिका अवसरहरुमा बढोत्तरी गर्ने, बेरोजगारी घटाउने
→ गरिबी न्युनीकरण गर्ने
→ श्रोत साधनहरुको उच्चतम परिचालन गर्ने, सन्तुलित र न्यायोचित वितरण गर्ने
→ समतामूलक सामाजिक आर्थिक व्यवस्था निर्माण गर्ने
→ राष्ट्रिय उत्पादन तथा आयमा बृद्धि गर्ने
→ औधोगीकरणमा टेवा पु¥याउने
→ जनताको जीवनस्तरमा सुधार ल्याउने
→ अर्थतन्त्रलाई समृद्ध र आत्म निर्भर बनाउने
→ आर्थिक स्थिरता हासिल गर्ने
→ पुजी निर्माण, पूर्वाधार निर्माण गर्न
विकाश योजना देशको सन्तुलित र दिगो विकाशको आधार हो । यसको कार्यन्ययनबाट देशको आर्थिक सामाजिक रुपान्तरण सम्भव हुन्छ ।