ADS

Saturday, April 4

१. सूचनाको हकको परिचय दिदै नेपालमा सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा विद्यमान रहेका सीमाहरु उल्लेख गर्नुहोस । . (१०)


Right to Information ले सार्वजनिक महत्वको कुनैपनि सूचनामा सरोकारवालाहरुको सरल र सहज पहुँच पुरयाउन मद्धत गर्दछ ।
सूचनाको हक आधारभूत रुपमा राष्ट्रिय स्तरमा संवैधानिक र कानुनी प्रावधान अनुसार प्राप्त हुने हक हो । यसै हकको उपयोग गर्दै सार्वजनिक निकाय सँग सम्वन्धित तथा कानुनले गोप्य राख्नुपर्ने भनि तोकिएका विषयवस्तु वाहेक अन्य विषय सम्वन्धी जानकारी माग्ने र पाउने (Seek and receive information) हक सरोकारवालालाई रहन्छ ।
Freedom of information or right to know समेत भनेर बुझिने Right to information (RTI) लाई विश्वव्यापी रुपमा (प्राय लोकतान्त्रिक मुलुकमा) आधारभूत मानव अधिकारको रुपमा हेर्ने गरिन्छ ।
सूचनाको हकका सीमाहरु के के छन त?
कुनै पनि हक वा अधिकार आफैमा पूर्ण वा सीमा रहित हुन सक्दैन र सूचनाको हक समेतमा यस्ता प्रसस्तै सीमाहरु रहेका हुन सक्छन । हक वा अधिकार संगै जोडिएका यसका सीमाहरुले हक वा अधिकारलाई सन्तुलित बनाउन वा यसको गलत प्रयोगलाई निरुत्साहन गर्न मद्यत गर्दछ । नेपालमा प्रचलनमा रहेको सूचनाको हक सम्वन्धि ऐन २०६४ ले समेत गोप्य राख्न पर्ने सूचनाहरु गोप्य राख्न सक्ने गरी सार्वजनिक निकाय वा पदाधिकारीलाई गोपनियताको हक समेत प्रदान गरेको छ । सूचनाको हक सम्वन्धि ऐन २०६४ले देहायका बिषय संग सम्वन्धीत सूचना प्रवाह गर्न नपर्ने गरी सूचनाको हकमा सीमा तोकेको छ ।
(क) नेपालको सार्वभौमैमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने विषयमा
(ख) अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्र्रत्यक्ष असर पार्ने विषयमा
(ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैङ्किङ्ग वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने विषयमा
(घ) विभिन्न जातजाति वा सम्प्र्रदायबीचको सुसम्बन्धमा प्र्रत्यक्ष रुपमा खलल पार्ने विषय
(ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य, वा सुरक्षामा खतरा पुरयाउने विषयमा
सूचनाको हकले सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने हकका अलावा गोप्य राख्न पर्ने सूचना गोप्य राख्न पाउने हक समेतलाई बुझाउदछ । यी सवै कुराको सन्तुलित उपयोग भएमा सूचनाको हकले सार्थकता प्राप्त गर्दछ ।
www.insuplazaa.blogspot.com