ADS

Saturday, April 18

तारेभीरमा मान्छे हिँड्ने बाटो

एजेन्सी : मान्छेले चाह्यो भने जतिसुकै अफ्ठोरो काम पनि सफल बनाउन सक्ने उदाहरण उत्तरी छिमेकी चीनले पुष्टि गर्दै आएको छ । विश्वकै सबैभन्दा उच्च स्थानमा तीब्र गतिको रेल कुदाइरहेको चीनले विश्वलाई नै चकित बनाउँदै विकास गरिरहेको छ ।एकपछि अर्को आश्चर्यजनक काम गर्दै आएको चीनले उसको केन्द्रीय भागअन्तर्गत हुनान प्रान्तको पिङजियाङ जिल्लास्थित एक तारेभीरमा पर्यटक हिँड्न बनाइरहेको बाटो हेर्दा जो कसैको आङ्ग सिरिङ्ग गर्छ ।
अप्रिल ९ र १० तारिखमा खिचिएका यी तस्बिरमा २१ जना श्रमिक तारेभीरमा बाटो बनाइरहेका छन् । आफ्नो ज्यानको समेत बाजी लगाउँदै पर्यटक भित्र्याउने काठको घुमाउरो बाटो बनाउन मजदुरहरु लागि परेका छन् ।

डोरी र सुरक्षा उपकरणको प्रयोग गरेर उनीहरु यो बाटो बनाउन जुटेका हुन् । फलामे डण्डीले तलबाट अड्याइएको यो बाटोमै सिमेन्टसहितका निर्माण सामाग्री थुपार्दै मजदुरहरु तारेभीरलाई बाटोमा परिणत गरिरहेका हुन् ।
तारेभीरमाा बन्न लागेको यो बाटो करिब एक किलोमिटर लामो छ । यो बाटो सो भीरको चार सय मिटरमाथि बनिरहेको छ । पर्यटकको ओइरो लाग्ने यो क्षेत्रमा भीरमा बाटो बनेपछि अझ बढी पर्यटक आउने अपेक्षा चीनले गरेको छ ।


popular