ADS

Saturday, April 4

नेपालको निजामती सेवामा वृति विकाशका सन्दर्भमा नकारात्मक पक्षहरु

नेपालको निजामती सेवामा वृति विकाशका सन्दर्भमा नकारात्मक पक्षहरु
कुनैपनि संगठनले कर्मचारीको पूर्ण सम्भावना तथा क्षमतालाई उपयोग गर्न उसलाई आत्मैदेखि उत्प्रेरित गर्न सक्नुपर्दछ । कर्मचारी पूर्ण रुपमा उत्पे्ररित त्यो बेला हुन्छ जुन बेला उ संगठनको कर्मचारी प्रतीको व्यवहारबाट सन्तुष्ट हुन्छ । वृति विकाशको ज्ञारेण्टिले कर्मचारीलाई संगठन प्रती सन्तुष्ठ र कार्य प्रती उत्प्रेरित गराउदछ । नेपालको निजामती सेवाको सन्दर्भमा कुरा गर्दा वृति विकाश पक्षमा कार्यरत कर्मचारीहरु सन्तुष्ठ हुन सक्ने अवस्था देखिदैन जसले गर्दा समग्र निजामती सेवाको उत्पादकत्वमा ह्रास पुगेको छ । वृति विकाशको सम्भावना पूर्वानुमानयोग्य हुन नसक्दा कर्मचारी बृतमा नैराश्यता बढदै गएको पाइन्छ । वृति विकाशका लागी संगठनको तर्फबाट तयार हुनुपर्ने वृति प्रणाली निश्चित हुन नसक्दा कर्मचारीको वृति योजना र वृति लक्ष समेत अनिश्चित हुन पुगेको छ । वृति विकाशको पूर्वानुमानयोग्य स्वरुप निश्चित नहुदा माथी उल्लेखित आधारभूत सेवा सुविधालाई वृति विकाशका सम्भावनाको रुपमा ग्रहण गरी चित्त बुझाउनुपर्ने अवस्था छ । वृति विकाशको अनिश्चित अवस्थाले गर्दा निजामती कर्मचारीहरु क्रमश सेवाबाट पलायन हुने प्रबृती बढेको छ । नेपालको निजामती सेवामा वृति विकाशका थप नकारात्मक पक्षहरुलाई बुदागत रुपमा देहायअनुसार उल्लेख गर्न सकिन्छ
(१) वृति विकाशका अवसरहरु न्युनमात्र उपलव्ध हुनु र भएका अवसर समेत “योग्य र राम्रा मान्छे” भन्दा “हाम्रा मान्छे”को पहुचमा मात्र सीमित रहनु ।
(२) सरुवा र बढुवा व्यवस्था नियम संगत ढंगले अगाडी नबढाइनु, बढुवाका प्रावधानहरु पटक पटक कुनै अमुक व्यक्तिलाई लाभ पुग्नेगरी संसोधन गरी अस्थिर बनाइनु ।
(३) कार्यसम्पादन मूल्याङ्कन बैज्ञानिक तथा बस्तुनिष्ठ नभइ हचुवा हुनु, कामको यथार्थ मूल्याङ्कन भन्दा चिनजानका आधारमा कर्मचारीको मूल्याङ्कन हुनु, मूल्याङ्कनको स्पष्ट मापदण्ड तयार नहुनु ।
(४) न्युन तलव भत्ताको व्यवस्था हुनु, तलवले जीवन निर्बाहका लागी आवश्यक आधारभूत आवश्यकता पुरा गर्न समेत नसक्ने अवस्था रहनु ।
(५) तटस्थ निजामती सेवा नारामा मात्र सीमित हुनु, कर्मचारीको सरुवा तथा निजामती कर्मचारीका माथिल्ला पदहरुमा बढुवा गर्दा समेत राजनैतीक भागबण्डाको प्रबृती बढदै जानु ।
(६) विभिन्न सेवा समूहहरु तथा क्षेत्रहरु बिच वृती विकाशका अवसरहरुमा असमानता रहनु, प्रशासन सेवामा ९९ अंक ल्याउने कर्मचारी बढुवामा नपर्ने तर अन्य सेवामा ७० भन्दा कम अंकमा बढुवा हुन सक्ने अवस्था रहनु त्यस्तै काठमाण्डौमा र अन्य क्षेत्रमा समेत बढुवामा यो असमानता देखिनु ।
नेपालको निजामती सेवामा कुनै निश्चित समयमा निश्चित स्तरको वृति विकाश सुनिश्चित हुने प्रकारले वृति प्रणाली विकाश भइ नसकेको अवस्था हुनाले यस सेवामा प्रवेश गर्नेले बिद्यमानमा उपलव्ध भएका सेवा, सुबिधा तथा अवसरको प्रयोग गरेर वृति विकाशलाई अगाडी बढाउन पर्ने हुन्छ ।