ADS

Tuesday, April 7

शिक्षा (आठौं संशोधन) नियमावली, २०७१ नेपाल राजपत्रमा प्रकाशित मिति: : २०७१/१/२९




प्रस्तावना: शिक्षा नियमावली, २०५९ लाइ संशोधन गर्न वान्छनिय भएकोले ,

शिक्षा ऐन , २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरि ........

१. संक्षिप्त नाम र परिचय :(१) यी नियमहरुको नाम "शिक्षा (आठौं संशोधन) नियमावला, २०७१" रहेको छ |

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ |

२. शिक्षा नियमावली ,२०५९ को नियम ४३ मा संशोधन : शिक्षा नियमावली , २०५९(यसपछि "मुल नियमावली"भनिएको) को नियम ४३ को उपनियम (१) को खण्ड (ट) मा रहेका "एक वर्ष" भन्ने शव्दको सट्टा "छ महिना" भन्ने शव्दहरु राखिएका छन् |

३. मूल नियमावली को नियम ९७ क. मा संशोधन : मूल नियमावलीको नियम ९७क. मा रहेका "२०७० साल चैत्र मसान्तसम्म "भन्ने शव्दहरुको सट्टा "२०७५ साल चैत्र मसान्तसम्म " भन्ने शव्दहरु राखिएका छन् |

के थियो , ४३ 'ट' मा ?

परीक्षाको परिक्षाफल प्रकाशित भएको एकवर्ष पछि नियमित प्रक्रृया अपनाइ उत्तरपुस्तिका धुल्याउने |

अनि ९७ क. मा नि?

यो नियम प्रारम्भ हुनु अघि अस्थायी रुपमा शिक्षक पदमा नियुक्त भइ यो नियम प्रारम्भ हुंदाका वखतसम्म सेवारत अस्थायी शिक्षकको हकमा सो पदमा स्थायी पदपूर्ति नभएसम्मका लागि एकपटकमा छ महिनामा नवढाई संवत २०७० साल चैत्र मसान्तसम्म म्याद थप गर्न सकिनेछ |