ADS

Sunday, April 12

MODEL QUETION FOR NEPLALI

सबै प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
खण्ड (ख)
विषयगत प्रश्नहरू पूर्णाङ्क: ८०
‘अ’ समूह: 
विषय ज्ञान र सीपसम्बन्धी प्रश्न (८*५=४०)
तलका प्रश्नहरूको छोटो छरितो उत्तर दिनुहोस्:
१. माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रम अनुसार पढाइ सीप विकासका लागि राखिएको भाषिक सीपगत चारओटा विशिष्ट उद्देश्यहरू उल्लेख गर्नुहोस् । ती विशिष्ट उद्देश्य प्राप्तिका लागि सहयोग पु¥याउन पाठ्यपुस्तकमा केकस्तो व्यवस्था गरिएको छ , प्रष्टसंग उल्लेख गर्नुहोस् । (२+३=५)
२. माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रममा राखिएका विधाको क्षेत्र अन्तर्गत समाविष्ट कुनै तीनओटा विधाहरूका तीनतीनओटा क्षेत्र उल्लेख गरी ती विधागत क्षेत्रका माध्यमबाट कसरी भाषिक सीप अधिगत गर्न सकिन्छ ? स्पष्ट पार्नुहोस् । (२+३=५)
३. दोश्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण गर्दा आइपर्ने प्रमुख चारओटा समस्याहरू केके हुन् ? तिनको समुचित समाधानका लागि उपयुक्त उपायहरू समेत सुझाउनुहोस् । (२+३=५)
४. बोलाइ सीप विकासका प्रमुख पाँचओटा प्रयोजन लेखी उक्त सीप विकासका लागि अपनाउन सकिने पाँचओटा क्रियाकलापहरू उल्लेख गर्नुहोस् । (२.५+२.५=५)
५. माध्यमिक तहमा किन कविता शिक्षण गरिन्छ ? पद्य र गद्य कविता शिक्षण गर्दा अपनाउने क्रियाकलापमा के फरक हुन्छ ? प्रष्ट पार्नुहोस् । (३+२=५)
६. माध्यमिक तहमा निबन्ध शिक्षण गर्नुका चारओटा उद्देश्य लेखी ती उद्देश्य प्राप्तिका लागि गरिने उपयुक्त क्रियाकलाप समेत लेख्नुहोस् र ती उद्देश्य प्राप्त भए नभएको मूल्याङ्कन गर्ने तरिका पनि सुझाउनुहोस् । (१+४=५)
७. माध्यमिक तहमा विद्यार्थीहरूलाई शुद्ध नेपाली भाषाको प्रयोग गर्न सिपालु बनाउन तपाई के कस्ता क्रियाकलाप गराउनुहुन्छ र उनीहरूले शुद्ध नेपाली भाषाको प्रयोग गरे नगरेको कसरी सुनिश्चित गर्नुहुन्छ ? (३+२=५)
८. नेपालमा निर्माणका बारेमा दुईजना साथीहरू गीता र निमाका बीच भएको संवाद तयार पार्नुहोस् । ५
‘आ’ समूह 
समस्या समाधानसम्बन्धी प्रश्न १०
९. लोकतन्त्र मा.वि.का शिक्षक प्रशान्तलाई नेपाली व्याकरणको शिक्षण निकै कठिन लाग्छ । उहाँको कक्षामा मातृभाषा नेपाली हुने र नहुने दुवैथरी विद्यार्थी हुन्छन् र उहाँ व्याकरणका सबै पक्षको राम्रो व्याख्या गरिदिनुहुन्छ । यति भएर पनि उहाँका विद्यार्थी व्याकरणमा कमजोर छन् । यस स्थितिको अध्ययन विश्लेषण गरी तलका प्रश्नको उत्तर दिनुहोस् ।
(क) प्रशान्तको शिक्षणमा देखिने समस्या केके हुन ? ५
(ख) प्रशान्तको कक्षामा व्याकरण शिक्षणलाई सुधार्न तपाई के सुझाव दिनु हुन्छ ? ५
‘इ’ समूह 
घटना अध्ययनसम्बन्धी प्रश्न १०
१०. जनता मा.वि.का कक्षा ९ मा पढ्ने ५० जना विद्यार्थीमध्ये ११ जना गुरूङ, ९ जना नेवार, ५ जना शेर्पा, १० जना मगर र १५ जना बाहुन छेत्री रहेका छन् । तिनीहरूमध्ये पनि ५ जना विद्यार्थी कान कम सुन्ने, ५जना आँखा नदेख्ने र २ जना एउटा खुट्टा राम्ररी टेक्न नसक्ने छन् । त्यस्तै ११ जना ज्यादै जेहेनदार छन् भने १२ जना ज्यादै कमजोर र अरू मध्यमस्तरका छन् । यस्तो विविधतायुक्त कक्षामा तपाई नेपालीभाषा शिक्षकको रूपमा शिक्षण गर्दै हुनुहुन्छ भने यस्तो स्थितिमा तपाई तलका प्रश्नको जवाफ
दिनुहोस् ः–
(क) माथिको समस्या कस्तो खालको हो, पहिचान गर्नुहोस् । २
(ख) उक्त समस्या समाधान गर्न के गर्नुपर्ला ? ३
(ग) सबै विद्यार्थीलाई एउटै कक्षामा राखेर शिक्षण गर्दा कक्षा व्यवस्थापन कसरी गर्नुहुन्छ ? २
(घ) विद्यार्थीको रूचि, आवश्यकता र क्षमताअनुसार कसरी शिक्षण गर्नुहुन्छ ? ३

खण्ड (ग)
आधुनिक शैक्षणिक प्रविधि तथा खोज सम्बन्धी प्रश्न २०
११. कार्यमूलक अनुसन्धान भनेको के हो ? शिक्षकका लागि यो किन आवश्यक छ ? शिक्षण सिकाइसंग सम्बनिधत कुनै एउटा शिर्षकमा कार्यमूलक अनुसन्धान गर्नका लागि एउटा नमूना खाका तयार पार्नुहोस् । (२+३+५=१०)
१२. नेपालको परिवेशमा समावेशी शिक्षाको महत्व उल्लेख गर्दै कक्षा–कोठामा यसको प्रयोग कसरी गर्न सकिन्छ ? उदाहरण सहित स्पष्ट पार्नुहोस् । (५+५=१०)