ADS

Saturday, April 18

इभाना मानन्धर यो वर्षकी मिस नेपाल

काठमाडौै : इभाना मानन्धर यो वर्षकी मिस नेपाल बन्न सफल भएकी छन् । न्यूरोडको भोटेबाहल निबासी उनी केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्केकी थिइन् ।उनलाई यसअघिकी मिस नेपाल सुबिन लिम्बूले मिस नेपालको ताज लगाइदिइन् । यो वर्षको मिस नेपाल प्रतियोगिताकी फस्ट रनरअप दिव्यता वैद्य बन्न सफल भइन् । मिस नेपाल २०१५ की सेकेन्ड रनरअप मेघा कोइराला भइन् ।द हिडेन ट्रेजरको आयोजनामा होटल अन्नपूर्णमा भएको मिस नेपालको २० औं संस्करणको फाइनलका निर्णायक शंकर शर्माले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै उनले मिस नेपालको उपाधि जितेकी हुन् ।

निर्णायक शर्माले अबको १५ वर्षमा तपाईं आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएपछि उनको शिरमा मिस नेपालको ताज सजिएको हो । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् । यो संस्करणको मिस नेपालमा फस्ट रनरअप दिब्यता वैद्यले मिस फोटोजेनिकको उपाधि जितिन् । मिस नेपाल इभाना मानन्धरले मिस इन्टेलेक्च्युलको उपाधि जितिन् । त्यसैगरी मिस पर्सानालिटी इभाना मानन्धर नै बनिन् । ब्यूटी विथ पर्पजको उपाधि रेविका क्षेत्रीले जित्न सफल भइन् । मिस ट्यालेन्ट विधाको उपाधि पूजा श्रेष्ठले जितिन् । गस गर्लतर्फको उपाधि इभाना मानन्धरकै पोल्टामा गयो । त्यसैगरी मिस बब्ली निस्मा चौधरी बन्न सफल भइ 
मिस स्कुलर अफ दि इयरको उपाधि सुदिपा पाठकले जितिन् । त्यसैगरी मिस कप्लेक्सनको उपाधि निस्मा चौधरीको पोल्टामा गयो भने मिस पपलुरको उपाधि नुनिड लिम्बूले जित्न सफल भइन् । मिस फ्रेन्डसिप विधाको उपाधि सोनु थापा मगरको पोल्टामा गयो ।