ADS

Saturday, April 4

नेपालमा सरकारी स्तरबाट संचालन भएको टेलिमेडिसिन सेवा बारेको जानकारी

नेपालमा सरकारी स्तरबाट संचालन भएको टेलिमेडिसिन सेवा बारेको जानकारी
→ नेपाल सरकारले सार्क टेलिमेडिसिन प्रोजेक्ट अन्तर्गत स्थापित सार्क टेलिमेडिसिन सेण्टरले सन २०११ बाट नेपालका २५ दुर्गम हिमाली जिल्लामा टेलिमेडिसिन सेवा सुरु गरेको (Gorkha, Sindhupalchowk, Dolkha, Rasua, Sindhuli, Rolpa, Pyuthan, Manang, Mustang, Sankhuwasava, Rukkum, Darchula, Kalikot, Achham, Tapleejung, Khotang, Bajura, Solukhumbu, Jumla, Bajang Dolpa, Humla and Mugu etc)
→ उक्त कार्यको लागि समन्वय गर्न पाटन हस्पिटलमा केन्द्रिय समन्वय डेस्कको स्थापना गरिएको
→ सरकारद्धारा सञ्चालित टेलिमेडिसिन सेवा मार्फत तपसिलका सेवाहरु प्राप्त हुन्छन
1. लाइभ भिडियो परामर्श मार्फत बिशेषज्ञ डाक्टर संग अन्तकृया गर्ने, परामर्श लिने कार्य
2. उपलव्ध गराइएको अनलाइन पोर्टल मार्फत आफ्ना स्वास्थ्य सम्वन्धि जिज्ञासा, समश्या आदी प्रेशित गरी सो को जानकारी वा परामर्श प्राप्त गर्ने
3. तोकिएको toll-free नम्वर मार्फत आफ्ना स्वास्थ्य सम्वन्धी समश्या समाधानका लागी सम्वन्धीत निकायमा सम्पर्क गर्ने
→ नेपालमा सार्क टेलिमेडिसिन सेण्टरको औपचारीक उदघाटन सन २०११ जनवरी २१ मा तत्कालिन नेपालका प्रधानमन्त्री माधव कुमार नेपालले पाटन अस्पताल ललितपुरमा गरेका हुन ।
→ यो केन्द्र भारत सरकारको सहयोगमा स्थापीत भएको हो । यस्तो सुविधा पाउने नेपाल तेश्रो सार्क (भुटान र अफगानिस्तान पछिको) राष्ट्र हो ।